अन्तर त थाेरै हुन्छ । सबैले साेच्छन र गर्छन पनि । काेही काेही छन्, जसले साेच्छन र गर्छन एकै समयमा अर्थात साेच्ने र गर्ने काम सथ साथै गर्छन । उनीहरु सफल वा सम्पन्न हुन पुग्छन । काेही काेही छन जसले साेच्छन र गर्छन तर पनि साेच्नु र गर्नुकाे बीचमा मार्जिन रहन जान्छन । साेच्न त धेरै राम्राे साेच्छन् तर गर्छन केही समय पछि । जति खेर गर्नु पर्ने हाे त्यति खेर गर्दैनन्, त्यसैले संकल्पमा जुन त्यस समयकाे तीव्रता, उमंग-उल्लास, उत्साह हुन्छ जुन समय लाग्नाले प्रतिशत कम हुन जान्छ । जसरी ताताे वा ताजा चीजकाे अनुभवमा अन्तर अाउन जान्छ । ताजा चीजकाे शक्तिमा फरक पर्न जान्छ । चीज जति सुकै राम्राे भए पनि केहि समय राखेकाे चीजकाे रिजल्ट उस्तै निस्कन सक्दैन । यस्ताे संकल्प जसले गर्छन, त्याे त्यसै बेला प्राक्टिकलमा गर्नुकाे रिजल्ट र साेच्नु अिहले र गर्नु कहिले त्यसकाे रिजल्टमा फरक पर्न जान्छ । बीचमा समयकाे मार्जिन हुनाले, एक त प्रतिशत सबैकाे कमी हुन जान्छ । त्यस्तै ताजा चीजकाे भिटामिन र वासी चीजकाे भिटामिनमा फरक पर्न जान्छ । दाेस्राे मार्जिन हुनाले समस्या रुपी विघ्न पनि अाउछ । त्यसैले साेच्नु र गर्नु साथ साथ हुनु पर्छ । यसलाई भनिन्छ “तुरुन्त दान महापुण्य” नत्र महापुण्यकाे बदलामा पुण्य मात्र हुन जान्छ । त्यसैले हाम्राे जीवनमा प्राप्तिमा फरक पर्न जान्छ । बुझ्नु भयाे कारण के हाे ? सानेा कारण छ । गर्छाै पनि तर केवल अहिले नगरेर पछि गर्छाै त्यसैले मेहनत धेरै गर्नु पर्छ । अव यस्ताे कारणकाे निवरण गर्नु पर्छ । निवारण गर्नु नै निर्माण गर्नु हाे । स्वयंमा पनि नवनिर्माण र विश्वमा पनि नव निर्माण ।
Comments