top of page

तपाईहरुकाे समस्या हामीलाई पठाउनुहाेस हामी समाधानकाे सक्दाे प्रयास गर्नेछाै  

Success! Thank you so much for Massage. We will reply to you.

भरखरै प्रकाशित

फेसबुक संस्थापक मार्क जुकरबर्ग ले दिएका छन - सफल हुने सुत्र

  • प्रेरणा स्वदर्शन
  • Oct 6, 2016
  • 2 min read

सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्ग संसारका युवाहरुकाे लागि प्रेरणाकाे श्राेत हुन । अधिकांस युवायुवतीले अाफ्नाे पढाई सकेर जागिर खाेज्ने समयमा संसारका कान्छा धनीमध्ये एक बनेका छन । २३ वर्षमा कलेज छाडेका जुकरबर्गको सम्पत्ति ३७ बिलियन डलरभन्दा धेरै भएको फोब्र्स पत्रिकाले सार्वजनिक गरेको थियो । ३१ वर्षीय जुगरबर्गले सफलताका लागि दिएका टिप्स यस्ता छन :



  • अात्मविश्वास र दृढता :

सबैभन्दा महत्वपूर्ण आत्मविश्वास र दृढता हो । युवाअवस्थामा हामीले बारम्बार सुन्नुपर्छ– तपाईंसँग अनुभव छैन । हामीलाई पनि महसुस हुन्छ, हामीभन्दा अनुभव भएका मानिस धेरै छन् । तर, सबैसँग सुरुमै अनुभव हुँदैन । मैले फेसबुक बनाउन सुरु गरेको १९ वर्षको हुँदा हो । त्यतिवेला मलाई केही थाहा थिएन ।

  • ​स्वयं प्रति विश्वास गर्नुहाेस :

आफ्नो अवमूल्यन नगर्नुहोस् । आफूले गरेको कामलाई कहिल्यै सानो नसोच्नुहोस् । संसारका सबै मानिस फरक छन्, उनीहरूका चाहना फरक छन् । सबैका धारणा फरक छन्, सबैले विश्वका लागि नयाँनयाँ आविष्कार गर्न सक्छन् । आफ्नो कामलाई ‘युनिक’ सोचेर अगाडि बढ्नुहोस् ।

  • कर्ममा ध्यान दिनुहाेस :

मानिसहरू तपाईं के भन्नुहुन्छ भन्ने कुरालाई त्यति धेरै ध्यान दिँदैनन् । तपाईं के गर्दै हुनुहुन्छ भन्ने कुरालाई ध्यान दिन्छन् । तपाईंले बनाउने कुरामा उनीहरूको चासो हुन्छ । त्यसैले, केही कुरा बनाउनतिर लाग्नुहोस्, भन्नेतिर होइन ।

  • अाफ्नाे काम स्वयंकाे लागि महत्वपुर्ण हाेस :

आफूलाई प्रश्न सोध्नुहोस्– के म त्यो गरिरहेको छु, जुन आफ्ना लागि सबैभन्दा महत्वपूर्ण हो रु आफूलाई नै आफ्नो कामको महत्व थाहा छैन वा त्यो काम महत्वपूर्ण लागिरहेको छैन भने त्यो काम सफल पनि हुनै सक्दैन । आफूलाई सन्तुष्ट बनाउने काम गर्नुहोस् ।

  • साेचाई र गराई एउटै हाेस :

छिटो दौडिनुहोस् । छिटो काम गर्ने सोच बनाउनुहोस् । जबसम्म तपाईं छिटो दौडिनुहुन्न र काम गर्नुहुन्न, तपाईंले गरेको कामको कुनै महत्व नै हुँदैन । समयमै काम गर्नुहोस् । अन्यथा त्यसले समस्यामा पार्न सक्छ ।

  • स्वयंलाई चुनाैती दिनुहाेस :

चुनौतीहरूको सामना गर्न नडराउनुहोस् । विश्व बदलिँदो छ । बदलिइरहेको विश्वमा चुनौती भएनन् भने सफलताको त्यो बिन्दुमा पुग्न सकिँदैन जहाँ तपाईं आफूलाई देख्न चाहनुहुन्छ ।

  • प्रतिबद्धता गर्नुहाेस :

प्रतिबद्धताहरू बनाउनुहोस् । ती प्रतिबद्धता पूरा गरेरै छाड्नुहोस् । यसले तपाईंलाई सफल बनाउन सहयोग गर्नेछ ।

  • विशेष कामकाे लागि विशेष ठाउँकाे जरुरत पर्दैन :

काम गर्न यो र त्यो ठाउँ नभन्नुहोस् । जहाँ बसेर काम गर्दा सजिलो हुन्छ, त्यहीँ काम गर्नुहोस् । मैले फेसबुकबारे सोचेको एउटा सानो कोठामा हो । त्यहाँ सामानहरू यत्रतत्र छरिएका थिए । मलाई त्यही ठाउँमा काम गर्दा आनन्द आउँथ्यो । जहाँ बसेर काम गर्दा आनन्द आउँछ, त्यहीँ काम गर्नुहोस् ।




 
 
 

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Google+ Social Icon
  • Instagram Social Icon

The प्रेरणा स्वदर्शन

© 2016  by pushpa shrestha

PROUDLY CREATED WIth PRERANA SODARSHAN

webside by pushpa

knowledge is awareness 

&शान्तिकुण्ड

bottom of page