top of page

तपाईहरुकाे समस्या हामीलाई पठाउनुहाेस हामी समाधानकाे सक्दाे प्रयास गर्नेछाै  

Success! Thank you so much for Massage. We will reply to you.

भरखरै प्रकाशित

लक्ष्मी त्याे दिन खुसी हुन्छन, जुन दिन अज्ञान अन्धकारमा ज्ञानकाे प्रकाशले अात्माकाे दिप प्रज्वलित हु

  • पुष्प श्रेष्ठ, दक्षिण काेरीया
  • Oct 31, 2016
  • 2 min read

कार्तिक अमावस्य दिन हिन्दु धर्मालम्बीहरुले घर घरमा प्रकाशकाे दीप जलाएर बालक देखि बृद्धसम्म खुसी अानन्द र हर्षाेल्लाषका साथमा याे चाड मनाउँछन । सबै अाफ्नाे घर घरमा कपडा गहरगहना तथा सम्पूर्ण सामानहरुकाे सरसफाई गरी पुजा गर्ने चलन छ । विशेषतः व्यापारी वर्गले नया वर्षकाे शुरुवात र यस दिपावलीमा पुरानेा खाता बन्द गरेर नयाँ खाता खाेल्छन । उनीहरुले याे मान्छन कि यस अमावस्य रात्रीमा धन धानड्यकी देवी लक्ष्मीले प्रत्येक घर घरमा भ्रमण गर्छिन र घर घरमा धनले भरिपूर्ण गरिदिनुहुन्छ भन्ने विश्वास रही अाएकाे छ त्यसैले त्यस दिन घर मन्दिरकाे कुना काप्चा देखि अागन सम्म सरसफाई गरेर राखिन्छ ।

के हामीले कहिल्यै विचार गरेकाे छाै ?

लक्ष्मीकाे स्वागतकाे लागि प्रत्येक वर्ष दिप माला जलाएर पनि हाम्राे समाजमा किन झन झन दरिद्ध हुदै गएकाे छ । प्रत्येक घर अागनमा झिलिमिलि दिपकलाई देखेर पनि हामीसँग किन रिसाउनु भयाे त ? दिपक जलाएर र या पुजा अाजा गरेर पनि हामीले लक्ष्मीलाई किन खुसी पार्न सकेनाै त । उहाँले कुन चाही दिप जलाकाे हेर्न चाहनुहुन्छ त ? वास्तवका अात्मानै सच्चा दिपक हाे । विकारकाे वशिभुत भएकाे कारण अात्माकाे ज्ञान रुपी प्रकाश मधुराे हुन गएकाे छ । यस्ताे विकारी मनुष्यकाे बीचमा लक्ष्मी जस्ताे सर्व गुणले भरिपुर्ण उहाँकाे शुभागमन कसरी सम्भव छ । तर कस्ताे विडम्वना अात्मा दिपलाई प्रज्वलीत गरेर कमलपुष्पमा अनासक्त बनेर कमलाशिन लक्ष्मीलाई अाह्वान गर्नुकाे साटाे हामी माटाेकाे दियाेमा दिप जलाएर बच्चाकाे भाडाकुटी मात्र खेलिरहेका छाै वा गलत ट्रयाकबाट गईरहेका छाै भन्ने स्पष्ट हुन्छ ।

मन मन्दिरकाे सरसफाईकाे बदलामा हामी वाहिरकाे घर मन्दीरकाे मात्र सरसफाईमा नै खुसी भईरहेका छाै । त्यसैले त हामीसँग लक्ष्मी रिसाईरहनुभएकाे छ ।

अमावस्यकाे रात्री जसरीनै अाज घाेर अज्ञान अन्धकारले सारा संसारमा छाएकाे छ । कसैलाई केही थाहा छैन मानव मत मतान्तरकाे जालमा मानिस भ्रमित छ । सबै अात्माकाे ज्याेती निभीसकेकाे छ । अव पालाे अात्माकाे दिप जलाउने ।


 
 
 

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Google+ Social Icon
  • Instagram Social Icon

The प्रेरणा स्वदर्शन

© 2016  by pushpa shrestha

PROUDLY CREATED WIth PRERANA SODARSHAN

webside by pushpa

knowledge is awareness 

&शान्तिकुण्ड

bottom of page