धैर्यबाट सफलता
- प्रेरणा स्वदर्शन
- Sep 20, 2016
- 1 min read

एक हाेनाहार युवक एक महान तपस्वी सन्तकाेमा याेग विधा सिक्न जान्छ ।
गुरुजीले भन्नुभयाे - म तिमीलाई याेग विधा त सिकाउँछु तर एक शर्तमा। त्याे शर्त हाे तिमीले मेराे लागि एक सानाे तपस्या गर्ने कुटी निमार्ण गरिदिनु पर्नेछ । युवक याेग विधा सिक्न एकदम ईच्छुक भएकाेले तत्कालै तपस्या कुटीकाे निमार्ण कार्यमा अग्रसर भएर पुरा गरिदियाे । गुरुजीले हेरेर भन्नु भयाे - बाबु अलि चित्तबुझ्दाे भएन, यसलाई भत्काएर फेरि नँया कुटीकाे निमार्ण गर । फेरि युवकले तत्कालै नँया कुटीकाे निमार्ण गरिदियाे । फेरि पनि गुरुजीले हेरेर भन्नुभयाे - यसलाई भत्काएर अर्काे नँया कुटीकाे निमार्ण गरिदेउ । फेरि पनि उसले नँया कुटीकाे निमार्ण गर्याे । फेरि पनि गुरुजीले भन्नुहुन्छ - यसलाई भत्काएर नँया कुटीकाे निमार्ण गर । याे श्रृङखला यसरी नै चल्दै गयाे । अाखिरमा दसाै पटकसम्म पनि बिना प्रश्न उसले नँया कुटी बनाउन तयार भएकाे देखेर गुरुजीकाे मुखबाट स्टप शब्द निक्ल्याे बाबु तिम्राे शिक्षा पुरा भईसक्याे । एक साधकलाई सिक्नकाे लागि जुन स्थिति बनाउनु पर्ने हाे त्याे तिम्राेमा बनी सक्याे र तिमी बुद्विबाट पुर्ण रुपमा समर्पित र धैर्यबाट पनि सफल भएका छाै । यदि तिमी भित्र थाेरै पनि अाफ्नाे बुद्विमताकाे घमण्ड भएकाे भए तिमी यतिन्जेल यँहा टिक्न सक्दैन थियाै परन्तु तिमीले अाफ्नाे अवस्थालाई बिल्कुलै निर्विकल्प राख्याै जसकाे फलस्वरुप तिम्राे विजय भयाे ।
हाम्राे जीवनमा पनि हामीलाई सिकाउनकाे लागि कैयाै प्रकारकाे समस्या, बाधा, व्यवधान र अापत-बिपत परिस्थिति बनेर अाफ्नाे स्थितिलाई डगमगाउन अाउँछ । तर हामी सदा धैर्य पूर्वक त्यसकाे प्रतिकार र सहन गर्न सक्याै भने मात्र अाफ्नाे स्थिति अचल अडल बनाउन सक्छाै । याद रहाेस जाे व्यक्ति जीवनमा धैर्य वा बाैद्विक स्तरबाट निरहंकारकाे गुणलाई धारण गर्न सक्छ त्यस्ताे व्यक्तिलेनै सफलताकाे चुचुराेमा चुम्न सक्छ ।
Commentaires