अाफुलाई कसरी ख्याल गर्ने ?
- प्रेरणा स्वदर्शन/पुष्प श्रेष्ठ
- Sep 13, 2016
- 5 min read

जब हामी अाफुलाई ख्याल राख्छाै भने के-के कुरामा ध्यान दिन्छाै, त्याे त हामी सबैलाई थाहानै छ । तर म यस लेख मार्फत सम्पुर्ण पाठक समक्ष अाध्यात्मिक तवरबाट हामी अाफुलाई कसरी स्वस्थ र सरल तरीकाले तनाव रहित जीवन व्यतित गर्न सकिन्छ भनेर प्रस्तुत गर्दैछु । हामीलाई ममीले छाेरा/छाेरी अाफ्नाे स्वास्थ्यकाे राम्राेसँग ख्याल गर्नु है भन्दा हाम्राे माईन्डमा बाहिरी कुराहरुमा ध्यान जान्छ । जस्ताे अाफ्नाे स्वास्थ्य हेरचाह, शारीरिक सु-संगठन, कतै दुर्घटना नभई सकुसल गन्तब्यमा पुग्ने राम्राे खानपान र कसैसित झै-झगडा नगर्नु भन्ने बुझिन्छ । हामी अाफुलाई स्वस्थ राख्नकाे लागि स्वस्थ र ताजा खाने कुराहरु, शारिरिक व्यायम, प्रत्येक हप्ता शरिरकाे मालिस गराउन या शारिरिक सु-संगठनलाई ज्यादा ध्यान दिन्छाै । जस्ताे व्यामशाला, स्पा, विश्रामकाे लागि केही टाढा एकान्त वा मनाेरञ्जन दिने ठाउँ र शरिरकाे चेकअपकाे लागि डाक्टरसँग परामर्शकाे लागि हस्पिटल शरीरकाे लागि उपयुक्त हाे तर यतिले मात्र अाफुलाई ख्याल राख्नकाे लागि प्रयाप्त छैन । अब हामीलाई अाध्यात्मिक ख्याल राख्ने समय अाएकाे छ । हाम्राे जीवन यति व्यस्त भईसकेकाे छ कि हामीले स्वयंलाई पनि समय दिन सकिरहेका छैनाै । हामीले याे व्यस्त जीवनमा अाफुमा भएकाे अात्मिक गुण वा विशेषतालाई विर्सेर हामी बाहिर भट्किरहनु परेकाे छ । अात्मामा लुकेर बसेकाे शक्तिहरुलाई उजागर गर्न संभाल गर्न वा त्यसलाई स्मृतिमा ल्याउन अभ्यास गर्न जरुरी भईसेकाे छ । शरिरकाे लागि जति नै ख्याल राखे पनि मानसिक स्थितिलाई ख्याल गर्न नसक्दा धेरै मानिसहरु बाहिरी रुपमा स्वस्थ देखिएपनि भित्री रुपमा भने मानसिक पिडामा जलीरहेका छन त्यसैले अाध्यात्मिक ख्याल गर्ने समय अाएकाे हाे । अात्माकाे वास्तविक स्वरुप सुख, शान्ति, अानन्द, प्रेम, ज्ञान र खुसीलाई सम्भाल गर्ने समय भएकाे छ ।
अब तपाई ति वस्तुहरुकाे कल्पना गर्नुहाेस जुन तपाई दिनभरमा त्यसकाे रेखदेख गर्नुहुन्छ वा सम्भाल गर्नुहुन्छ । अाफ्नाे सवारी साधन देखि लिएर घर भित्र बाहिरकाे फुलकाे गमला, पालतु जनावर र परिवारकाे सदस्य सम्म । जुन चीजहरु प्रति तपाई यति ख्याल गर्नुहुन्छ ति चीज प्रति तपाई कडा रुपमा प्रस्तुत अाउनुहुन्छ ? हातमा हथाैडा लिएर त्यसलाई ताेड्न जानुहुन्छ ? या नम्र व्यवहारकाे साथमा पेश अाउँनुहुन्छ ? अर्थात एक काेमल मन नाजुक उर्जाकाे साथमा ? ख्याल राख्नुकाे अर्थ हुन्छ संवेदनशिल भएर त्यस चिजकाे हेरविचार गर्नु । जुन वस्तुलाई हामी ख्याल राख्छाै त्यस प्रति विनम्र भएर पेश अाउँछाै र प्रेमपुर्वक पालन पाेषण गर्छाै । यि तल दिएका केही कुरामा ध्यान दिने हाे भने हाम्राे दैनिक जीवन सरल र स्वस्थ तनाव रहित जीवन जिउँन मद्दत पुर्याउने छ ।
मन
सबै भन्दा पहिला जसकाे हामीले ख्याल गर्नु पर्ने हाे त्याे हाे हाम्राे मन । किनकि हामी मध्ये धेरैले याे अनुभव गरेका छाै कि हाम्राे अधिकतम समस्याहरुकाे मुल जरा भनेकाे हामी कस्ताे साेच्छाै र के साच्छाै त्यसमा भर पर्छ । यदि मनलाई ध्यान दिएनाै र विचारमाथि ख्याल गरेनाै भने त्यसले हाम्राे जीवनमा अस्तव्यस्त, उल्झन, अालस्य, अलवेलापन तथा अन्य अन्य मानसिक समस्याकाे रुपमा प्रतिविम्वित हुन्छ । जसरी ट्राफिक व्यवस्था १० मिनेटकाे लागि अस्तव्यस्त हुँदा त्यसकाे असर दिनभर सम्म परिरहन्छ । त्यसै गरी चारैतिरबाट अाएकाे विचारलाई पनि ट्राफिक व्यवस्था गर्न नसक्दा हामीले दैनिक जीवनलाई पनि तनावपुर्ण बनाईरहेका हुन्छाै । त्यसैले मनमा ट्राफिक जाम हुन नदिई सबै विचारलाई अाफ्नाे रुटमा जाने व्यवस्था मिलाई राख्न जरुरी छ । अर्थात व्यर्थ तथा नकारात्मक विचारलाई राेकेर उर्जाशिल विचार प्रवाह गर्ने व्यवस्था मिलाउनु पर्छ ।
के हाम्राे मन शान्त र अनुशासित छ ? हाम्राे मनले दैनिक ६० हजार विचार उत्पन्न गरीरहेका हुन्छ । कति सकारात्मक विचार उत्पन्न गर्छाै, कति नकारात्मक विचार उत्पन्न गर्छाै, कति व्यर्थ र कति उपयाेगी विचार उत्पन्न गर्छाै याे भने हाम्राे हातमा रहेकाे हुन्छ । कल्पना गर्नुहाेस कि प्रत्येक विचार १००० डलरकाे रहेकाे छ र हरेक पटक जब विचार उत्पन्न गर्नुहुन्छ भने तपाईकाे १००० डलर खर्च भईरहेकाे छ र तपाई जब जब विचार उत्पादन गर्नु भन्दा पहिला कसाे नसाेच्नु हाेला कि कस्ताे विचार उत्पादन गर्दैछु भनेर ।
मनमा व्यर्थ चिन्ता र मनकाे दुरुपयाेगबाट उत्पन्न कारणले नै हामीलाई शारिरिक संभाल गर्नु परिरहेकाे छ । जस्ताे विभिन्न राेगकाे कारण हामीलाई डाक्टर, वैद्य र मनाेचिकित्सककाे पासमा पुर्याईरहेकाे छ । यसलाई पछाडी फर्केर हेर्दा जीवनमा सही निर्णय लिन नसक्दा परिणाम स्वरुप मानसीक दुःख परिरहेकाे छ त्यसैकेा फलस्वरुप शारिरमा विभिन्न राेग पनि अारम्भ भईरहेकाे छ ।
शब्द
हामीले दैनिक जीवनमा अाफ्नाे शब्दकाे पनि त्यतिकै ख्याल राख्नु जरुरी छ । जस्ताे हाम्राे विचार हुन्छ त्यस्तै हाम्राे मुखबाट शब्द निक्लन्छ । यदि हाम्राे मनमा फाहाेर विचारकाे विशाल प्रवाह हुन्छ भने निश्चित रुपमा फाेहाेर शब्दकाे सुनामी नै अाउँछ । कँही एक बार केही नराम्राे बाेलिदियाे भने त्याे पत्थरकाे रेखा बराबर हुन्छ । अब त्यसलाई बदल्न सकिदैन । कहावतनै छ नी बाेली र गाेली फर्केर अाउदैन । गाेलीले एक पटक मार्छ भने बाेलीले बार-बार मारिरहन्छ । त्यसैले ख्याल राख्नुहाेस कि तपाई के गरीरहनु भएकाे छ र के बाेलीरहनु भएकाे छ किनकि यसकाे परिणाम तपाईले भाेग्नु पर्नेछ ।
समय
अाफ्नाे समयकाे ख्याल राख्नु हाेला किनकि समय नै यस्ताे चीज हाे जसले तपाईकेा अन्तिम अवस्थामा पनि पर्खदैन । यदि तपाई समयकाे अादर गर्नुहुन्न, प्रशांसा गर्नु हुन्न भने अरु कसैबाट पनि यसकाे अपेक्षा नगर्दा राम्राे हुन्छ । समयकाे घडी बितिरहेकाे छ र त्यसकाे अमुल्य उपलब्धी हामीले चुकाईरहेका छाै । समयकाे प्रत्येक पललाई भरपुर सदुपयाेग गराै । प्रत्येक पल खुसीमा बाँच्नकाे लागि, झुम्नकाे लागि र पुरुषार्थ गर्नकाे लागि बनाईएकाे हाे न कि दुःखमा अल्झिनकाे लागि ।अहिलेकाे एक मिनेटनै तपाई हाम्राे जन्माै जन्मकाे भविष्यसँग जाेडिन्छ । एक मिनेट समय खेर फाल्नु भनेकाे जन्माै जन्म सम्म पनि त्यसकाे फलबाट बञ्चित हुनु हाे । अिहलेकाे समय हाे अाध्यात्मिक ख्याल गर्ने यसकाे अर्थ हुन्छ - हरपल रुहानी अनुभवमा बिताउनु, हरेक परिस्थतिलाई अाफ्नाे स्थितीमा ल्याउनु जे भयाे राम्राे भयाे, जे भईरहेकाे छ त्याे पनि राम्रै भईरहेकाे छ, जे हुने वाला त्याे झन राम्राे हुने छ । हरेक पल अाध्यात्मिक स्थिती सुख, शान्ति र अानन्दमा बाँच्नु छ ।
धन
हामीले धनलाई पनि सम्भाल गर्नु छ । धनलाई व्यर्थ जान दिनु हुदैन । यसकाे प्रयाेग समझदारीबाट प्रयाेग गर्याै भने मात्र तपाईकाे लागि सही उपयाेगी सिद्व हुन्छ र तपाईले यसबाट धेरै लाभ उठाउन सक्नुहुन्छ । धन एक उर्जा हाे । केही गर्ने र जीवन जिउने अाधार हाे । धनकाे माया जालमा फस्नु छैन तर पनि धनकाे अादर गर्नु भने अवश्य पर्छ साथै धनकाे घमण्ड भन्दा माथि उठेर यसकाे ख्याल गर्नु पर्छ । किनकि हाम्राे लागि धन जति चाहिन्छ त्यति गाडीकाे लागि पेट्राेल चाहिन्छ । गाडीमा पनि ट्यांकीकाे क्षमता जति छ त्यतिनै पेट्राेल हालिन्छ त्याे भन्दा धेरै बाेकेर घरमा लगेर स्टाेर गर्छु भन्न थाल्याे भने एक दिन त्यही पेट्राेलमा अागाे लागेर जलेर मरिन्छ ।
भाग्य
अाफ्नाे भाग्यकाे सम्भाल गर्नु छ । अाध्यात्मिक मार्गमा हामी सिक्न सक्छाै कि वर्तमान समयनै अाफ्नाे भविष्यकाे भाग्य बनाउने समय हाे नकि भगवानले हाम्राे भाग्य बनाईदिनुहुन्छ । हामी जे पनि गर्छाै राम्राे या नराम्राे यसले केवल हाम्राे वर्तमानलाई मात्र प्रभावित गर्दैन यसले अगाडीकाे जीवनलाई पनि साथै यस पछिकाे जीवन पनि हमेशाकाे लागि प्रभावित हुने गर्दछ । के हामी राम्राे र श्रेष्ठ कर्मकाे बीउँ राेपेर अाफ्नाे भविष्यकाे लागि श्रेष्ठ भाग्यकाे रेखा काेर्दै छाै वा भाग्यलाई ख्याल गरीरहेका छाै । हामी जुन स्थानमा उभिएका छाै त्यसकाे दाेष र जिम्मेवारी कसैलाई पनि दिन सक्दैनाै । हामी नै हाै जाे अाफ्नाे भविष्यकाे निमार्ण स्वंय गर्न सक्छाै ।
मैले अाफ्नाे अाध्यात्मिक जीवनबाट सिकेकाे ज्ञानलाई पनि जाेड्न चाहन्छु । स्वार्थबाट हाेईन निस्वार्थ भावनाबाट हर चिजकाे ख्याल राख्नु पर्छ । म याे सम्झन्छु कि स्वस्थ हुनुकाे अर्थ यस कुराकाे स्मृति हुन अावश्यक छ हामी सम्पुर्ण मानव जाति एक भाई भाई अात्मा हाै तर यस सृष्टि रुपि रंगमञ्चमा शरीर रुपी वस्त्र धारण गरेर नाटक गर्न अाएका हाै र गरिरहेकाे छाै सबैलाई अाफ्नाे - अाफ्नाे पार्ट मिलेकाे छ सबैले यसलाई जसरी पनि निभाउनु पर्ने हुन्छ । एककाे पार्ट अर्काे सँग मिल्दैन अर्थात कसैकाे कसैसँग विचार, संस्कार र कर्म मिल्दैन त्यसैले मेराे विचार अरुसँग मिल्नु पर्छ भन्नु अज्ञान हाे र यसैलाई बुझ्न नसक्दा हाम्राे जीवन तनावपुर्ण अवस्थामा विताईरहेका छाै ।
स्वयंलाई अाध्यात्मिक सम्भाल गर्नुकाे अर्थ हुन्छ अाफुलाई जानेर अाफ्नाे सम्पुर्ण जिम्मेवारी उठाउनु, शारीरिक रुपमा मात्र हाेईन मानसिक रुपमा पनि तयार हुन जरुरी छ । जब मेराे मन शान्त हुन जान्छ मेराे शब्द मिठाे हुन जान्छ म भरपुर हुन जान्छु मलाई मेराे भविष्य प्रति विश्वास हुन जान्छ म वेफिक्र बन्न जान्छु । मलाई कुनै पनि कुराकाे चिन्ता या डराउनु पर्ने अावश्यकता छैन याे नै अाध्यात्मिक अनुभव वा अान्तरिक शान्तिकाे याे सर्वश्रेष्ठ अनुभव हाे ।
अबकाे समय हाे - अाफुलाई अाध्यात्मिक ख्याल राख्नु ।
Comments