top of page

तपाईहरुकाे समस्या हामीलाई पठाउनुहाेस हामी समाधानकाे सक्दाे प्रयास गर्नेछाै  

Success! Thank you so much for Massage. We will reply to you.

भरखरै प्रकाशित

जरुरी छ विवेक/कथा

  • प्रेरणा स्वदर्शन
  • Sep 30, 2016
  • 2 min read

एक व्यक्तिले घरमा बिरालाे र कुकुर दुईटै पालेकाे थियाे । विरालाे धेरै कराईरहन्थ्याे दिन रातभरी म्याउ-म्याउ गरिरहन्थ्याे । मालिकलाई धेरै छटपटी भईरहन्थ्याे । उ साेच्थ्याे बिरालाेले दिन रात नभनी म्याउ-म्याउ गरेर राम्राेसँग अाराम गर्न पनि दिदैन ।

एक दिन मालिक सुतिरहेकाे बेलामा म्याउ-म्याउ गरिरहेकाे थियाे तब मालिककाे अचानक निन्द्रा खलबलिन पुग्याे अनि मालिक रिसले चुर भएर बिरालाेलाई पिट्दै भन्याे, के सारा दिनभर म्याउ-म्याउ मात्र गरिरहन्छस एक छिन चुप बस्न सक्दैनस डाम्ना । याे सारा दृष्य कुकुरले पनि देखिरहेकाे थियाे अनि मनमनै भनिरहेकाे थियाे याे धेरै कराईरहन्छ अनि पिटाई खान्छ । करायाे भने पिटाई खाईने डरले उसले बाेल्दै बाेल्दिन भनेर माैन बस्न थाल्याे । जब एक रात मालिककाे घरमा चाेर पसेर महत्वपूर्ण सामानहरु चाेरेर लाँदा समेत पनि कुकुर भुकेन । भुक्याे भने मालिकले पिट्छ भन ठानेर उ चुपचाप नै बसिरह्याे । जब बिहान मालिकलाई थाहा भयाे कि राती घरमा चाेरी भएछ तब मालिक रिसले चुर भयाे अनि लाठी लिएर अाएर कुकुर माथि लाठी बर्साउदै भन्याे यति धेरै राेटी खुवाएकाे थिए । यसैले पालेकाे थिए कि तलाई राती काेई मान्छे वा चाेर अाउँदा सुचना दिन्छस भनेर तर मुख बन्द गरेर बस्छस भन्दै पिट्न सम्म पिट्याे ।


बिरालाेले कुटाई खायाे धेरै कराएर कुकुरले कुटाई खायाे नकाराएर के कारण ? प्रश्न उठ्छ माैन बस्दा ठीक कि बाेल्दा ठीक के गर्ने ?

हामीले याे विवेक लिनु पर्छ कि यस्ताे ठाउँ जंहा बाेल्नु पर्छ त्यस्ताे ठाउ जहाँ माैन बस्नु पर्छ । हामीले सही ठाउँमा सही विवेक प्रयाेग गर्न जान्नुपर्छ । कंही बाेल्दा ठीक कही माैन बस्दा ठीक परिस्थति अनुसार अाफ्नाे विवेककाे सही प्रयाेग गर्नु पर्छ । जसले विवेककाे प्रयाेग गर्न जान्दैन उसले अविवेककाे प्रयाेग गरी चल्छ उ समस्यामा फस्दै जान्छ । हामी याे पनि भन्न सक्दैनाै कि प्राप्ति मात्र ठीक कंही अप्राप्तिले पनि मानिसलाई अगाडी बढाउँछ । जीवनमा केही पाईदैन भने पनि मानिसमा यही चिन्तनबाटनै मनमा एक किसिमकाे भावना जाग्छ अनि व्यक्ति अगाडी बढ्छ ।


Comentarios


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Google+ Social Icon
  • Instagram Social Icon

The प्रेरणा स्वदर्शन

© 2016  by pushpa shrestha

PROUDLY CREATED WIth PRERANA SODARSHAN

webside by pushpa

knowledge is awareness 

&शान्तिकुण्ड

bottom of page